सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयामा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन बुधबार भने प्रतितोला ९२ हजार ४०० रुपैयामा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ८५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला ९१ हजार ९५० रुपैयाँमा बुधबार कारोवार भएको तेजाबी सुनसमेत तोलामा १०० रुपैयाँले घटेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार र आजसमेत प्रतितोला एक हजार २०० रुपैयाँमा कारोवार भएको छ ।