नेप्सेमा लगातार दोस्रो सर्किट, ४० मिनेटका लागि कारोबार बन्द

सोमबार, फागुन २५, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को परिणामपछि शेयर बजारमा लगानीकर्ताको मनोबल उल्लेख्य रूपमा बढेको छ । चुनावी परिणामले राजनीतिक स्थिरता आउने अपेक्षा बढेपछि सोमबार खुलेको बजारमा नेप्से परिसूचकमा तीव्र उछाल देखिँदै लगातार दोस्रो सर्किट लागेको छ । सोमबार बजार खुलेको एक मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्दै २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि पुनः खुलेको बजारमा पनि उछालको गति उस्तै रह्यो र फेरि एक मिनेटमै थप १ प्रतिशत विन्दू बढ्दै कुल ५ प्रतिशत पुगेपछि दोस्रो सर्किट ब्रेक लाग्दै ४० मिनेटका लागि कारोबार रोकिएको हो । पहिलो सर्किटपछि खुलेको बजारमा नेप्से परिसूचक ५ प्रतिशत अर्थात १३५.७२ अंकले बढेर २८४८.२२ विन्दूमा पुगेको छ । अब ४० मिनेटपछि खुल्ने बजारमा नेप्से थप १ प्रतिशत विन्दू अर्थात कुल ६ प्रतिशतसम्म बढेमा सोमबारका लागि कारोबार पूर्ण रूपमा बन्द हुने नेपाल स्टक एक्सचेन्जको नियम रहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार