आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घट्यो

शुक्रबार, फागुन ८, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार (हिजो) पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला ५ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार चाँदी ५ हजार ६० रुपैयाँमा किनबेच भइरहेको थियो भने बुधबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार