सुनको मूल्य बढ्दा चाँदी घट्यो

आइतबार, फागुन ३, २०८२

काठमाडौं । फागुन महिनाको दोस्रो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २३ सय रुपैयाँले बढेको हो । शुक्रबार ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदी आज १५ रुपैयाँले घटेर ४ हजार ९ सय ८५ रुपैयाँमा कारोवार भैइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार