सर्लाहीमा प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

शनिबार, फागुन २, २०८२

सर्लाही। सर्लाहीमा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्लाको गोडैता नगरपालिका – ९ बकैनियामा अवैध रूपमा उत्पादन भइरहेको घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीको टोलीले शुक्रबार साँझ उक्त स्थानमा छापा मारेको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सो क्रममा मदिरा बनाउन प्रयोग हुँदै आएको करिब २ हजार २ सय लिटर कच्चा पदार्थ तथा १५ लिटर तयार घरेलु मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ । साथै, मदिरा उत्पादनमा प्रयोग हुने मेसिन तथा अन्य उपकरणहरू नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  १२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार