चन्द्रागिरिमा महाशिवरात्री विशेष भजन–कीर्तन उत्सव हुने

शनिबार, फागुन २, २०८२

काठमाडौं । भालेश्वर महादेव मन्दिर, चन्द्रागिरिमा महाशिवरात्रीको पावन अवसरलाई लक्षित गर्दै विशेष अनुष्ठान तथा पोखराको युवा भजन समूहसहितको महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवका लागि मन्दिर परिसरमा साजसज्जा तथा तयारी तीव्र रुपमा भइरहेको छ । भोलि  महाशिवरात्रीमा रुद्राभिषेक, पाञ्चायन पूजा, मध्याह्न आरती, भजन–कीर्तन उत्सव तथा महा आरतीलगायतका धार्मिक कार्यक्रमहरू सञ्चालन गरिने भएको छ । कार्यक्रममा सहभागी भई भक्तजनहरूले प्रसाद तथा भगवान् भालेश्वर महादेवको आशिर्वाद ग्रहण गर्न सक्नेछन्।
 

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार