निजी क्षेत्रको आँट, गतिशिल क्षमता र नौतिक व्यवसायीकता नै अर्थतन्त्रको मेरुदण्ड हो : मन्त्री सिन्हा

बिहीबार, माघ २९, २०८२

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको आँट,गतिशिल क्षमता र नौतिक व्यवसायीकता नै अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टको उद्घाटन समारोहमा बोल्दै राज्यले अबलम्वन गरेको तीन खम्बे अर्थनीतिको एक प्रमुख खम्बा निजी क्षेत्र रहेको धारणा राखे । उनले भने ,‘राज्यले अबलम्वन गरेको तीन खम्बे अर्थनीतिको एक प्रमुख खम्बा निजी क्षेत्र हो । निजी क्षेत्रको आँट,गतिशिल क्षमता र नौतिक व्यवसायीकता नै अर्थतन्त्रको मेरुदण्ड हो भन्ने मेरो विश्वास छ ।’ त्यस्तै,मन्त्री सिन्हाले पर्यटन क्षेत्र लुतनात्मक रुपमा लाभको क्षेत्र भएको भएतापनि अपेक्षित अनुरुप लाभ हासिल गर्न नसकेको बताए । उनको अनुसार पर्यटकको औसत बसाई १४ दिन पुर्याउन पनि सकिएको छैन । औसत खर्च प्रतिदिन ४१ डलरको हाराहारीमा रहेको जानकारी दिँदै उनले त्यसलाई बढाउनुपर्ने आवश्यकता औल्याए । उनले भने,‘पर्यटन क्षेत्र हाम्रो लागि लुतनात्तमक लाभको क्षेत्र हो । तर पनि अपेक्षित लाभ हासिल गर्न नसकेको यथार्त हामीमाझ छ । पर्यटकको औसत बसाई १४ दिन पुर्याउन पनि सकिएको छैन् । औसत खर्च प्रतिदिन ४१ डलरको हाराहारीमा छ त्यसलाई पनि बढाउनुपर्ने छ । त्यसमा आम जनता र निजी क्षेत्रको अहम भूमिका रहन्छ ।’ बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टको उद्घाटनले पर्यटन क्षेत्रमा थप टेवा पुर्याउने उनको विश्वास छ ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार