सोसल मिडिया
Contact Us
युनिकोड
रामेछाप । मन्थली नगरपालिका–६ स्थित तामाकोशी नदीमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनाकै पहिचान खुलेको छ। मंगलबार काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाको गाम्नाङतर्फ जाँदै गरेको पूर्वी अरनिको यातायात प्रालिको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको धुलिखेल तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते भएका चालकलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकामध्ये ८ जनाको शव मन्थली नगर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको छ भने ४ जनाको शव रामेछाप अस्पतालमा राखिएको छ । तर बस सञ्चालक कम्पनीका आधिकारिक प्रतिनिधि सम्पर्कमा नआएकाले पीडित परिवारसँग क्षतिपूर्ति तथा अन्य मागबारे सहमति जुट्न नसक्दा पोष्टमार्टम प्रक्रिया हालसम्म अगाडि बढ्न सकेको छैन। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।