कतार चेम्बर अफ कमर्सका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नर पौडेलबीच भेटवार्ता

मंगलबार, माघ २७, २०८२

काठमाडौं । नेपाल–कतारबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको व्यवसायी प्रतिनिधिमण्डल काठमाडौं आएको छ । प्रतिनिधिमण्डलको नेतृत्व बोर्ड सदस्य मोहद अहमद एम. ए अलोबैद्लीले गरेका छन् । प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भेटघाट गरी दुई देशबीचको आर्थिक सम्बन्ध, बैंकिङ प्रणालीमा सहकार्य, लगानी प्रवद्र्धनका सम्भावना र द्विपक्षीय लगानी तथा बैंकिङ सहकार्यका विविध विषयमा विस्तृत छलफल गरेको छ । नेपाल–कतार बीचको व्यापारिक र लगानी साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा प्रतिनिधिमण्डल काठमाडौँ आएको हो । महासंघका अध्यक्ष चन्द्र ढकालले सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै, छलफलले दुवै देशबीचको आर्थिक सहकार्यमा नयाँ अवसर थप्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार