५ वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने नेकपाको लक्ष्य

मंगलबार, माघ २७, २०८२

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीले आगामी ५ वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गरिने  प्रतिबद्धता व्यक्त गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा आगामी पाँच वर्षभित्रमा राष्ट्रिय प्रणालीको क्षमता १५ हजार मेगावाट पुर्‍याउने लक्ष्य राखेको छ ।
त्यसैगरी दीर्घकालीन लक्ष्यः सन् २ हजार १०० सम्म ४० हजार ००० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्रस्तुत गर्दै नेकपाले शतप्रतिशत हरित ऊर्जा उपयोग गर्ने देश घोषणा गर्ने लक्ष्य लिएको छ । नवीकरणीय ऊर्जा मिश्रण उल्लेखनीय रूपमा बढाउने प्रतिबद्धता सहित पार्टीले ऊर्जा क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएको छ ।
ऊर्जा क्षेत्रमा गरिएका प्रतिबद्धताहरू :
· प्रतिव्यक्ति विद्युत खपत आगामी पाँच वर्षमा ७५० किलोवाट घण्टा पुर्‍याइनेछ । 
· विक्रम सम्वत् २१०० सम्म ४० हजार मेगावाट विद्युत उत्पादन गर्ने दीर्घकालीन लक्ष्य पूरा गर्न जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउन पहल गरिनेछ । 
· नयाँ आयोजनाहरूको विद्युत खरिद सम्झौता खोल्नुका साथै निजी क्षेत्रका कम्पनीहरूले पनि यस्तो सम्झौता गर्न सक्ने व्यवस्था मिलाइनेछ । 
· आगामी ५ वर्षमा १०,००० मेगावाट थप गरी राष्ट्रिय प्रणालीको क्षमता १५,००० मेगावाट पुर्‍याइनेछ । 
· विद्युत निर्यात सुनिश्चित गर्न भारत र बङ्गलादेशसँगको सम्झौता प्रभावकारी बनाइनेछ । 
· नवीकरणीय ऊर्जा (सौर्य, वायु, माइक्रो/साना जलविद्युत) प्रवद्र्धन गरी नवीकरणीय ऊर्जा मिश्रण बढाइनेछ । 
· जलविद्युत आयोजनाहरूको वातावरणीय तथा सामाजिक सुरक्षण सुनिश्चित गर्दै दिगो विकास मोडेल अपनाइनेछ । 
· शतप्रतिशत हरित ऊर्जा उपयोग गर्ने देशको लक्ष्यसहित ऊर्जामैत्री देश घोषणाका लागि आवश्यक कार्यहरू गर्ने । 
· ऊर्जा क्षेत्रमा स्वदेशी तथा बाह्य लगानी अभिवृद्धि गर्न नीतिगत तथा कानुनी सुधार गर्ने ।
ग्रामीण तथा सहरी विकास
· अव्यवस्थित बसोबास हटाउँदै व्यवस्थित र एकीकृत वस्तिको विकास गर्ने, गाउँ तथा नगरका बसोबास क्षेत्रमा आधुनिक सेवा र सुविधा पुर्‍याइनेछ । 
· आगामी ५ वर्षभित्र छानिएका २० वटा शहरलाई स्मार्ट सिटी र १०० वटा ग्रामीण वस्तिलाई स्मार्ट भिलेज बनाउन प्रभावकारी परियोजना सञ्चालन गरिनेछ । 
· आगामी ५ वर्षभित्रमा सबै नेपालीको घरमा सफा पिउने पानी उपलब्ध गराइनेछ ।
· एक परिवार एक आवास इकाईको अवधारणा अन्तर्गत सरकारी र निजी क्षेत्रको लगानीमा पाँच वर्षमा पाँच लाख नयाँ आवास इकाई निर्माण गरिनेछ ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार