सुनको मूल्य ९०० रुपैयाँले वृद्धि

मंगलबार, माघ २७, २०८२

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सुनको मूल्य ९ सय रुपैयाँले बढेर एक तोला सुनको भाउ ३ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार ९ हजार ५०० रुपैयाँले बढेको सुन सोमबार ४ हजार १०० रुपैयाँले बढेको थियो । सुनको मूल्य बढे पनि चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ । महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी ५ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी १० रुपैयाँले घटेको हो ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  ११:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार