सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राजधानी काठमाडौंबाट पूर्वी नेपालको ओखलढुंगा जिल्लातर्फ जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट छुटेको बस मंगलबार बिहान रामेछापको मन्थली नगरपालिका–६ स्थित तामाकोशीमा खस्दा ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सात जनाको उद्धार गरिएको छ । स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेको उनको भनाइ छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।