सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

आइतबार, माघ २५, २०८२

काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतबार पारिवारिक सदस्य, आफन्त, इष्टमित्र तथा शुभेच्छुकहरूको उपस्थितिमा हिन्दु परम्पराअनुसार उनको दाहसंस्कार गरिएको हो । आर्यघाटमा भएको अन्त्येष्टिमा विभिन्न क्षेत्रका व्यक्तित्वहरू सहभागी भई दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए । अन्त्येष्टिका क्रममा परिवारजन भावुक देखिन्थे भने उपस्थित सबैले श्रद्धाञ्जली अर्पण गरेका थिए । थापाको निधनप्रति विभिन्न क्षेत्रबाट दुःख व्यक्त गरिएको छ । सामाजिक सञ्जालमार्फत पनि धेरैले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । थापाको निधनले परिवार, आफन्त तथा चिनेजानेका सबैलाई गहिरो शोकमा पारेको छ। थापाको हिजो शनिबार हृदयाघातका कारण निधन भएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २५, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार