उम्मेदवारले २५ हजार रुपैयाँभन्दा बढी भए नगद आर्थिक सहयोग लिन नपाउने

उम्मेदवार तथा दलको आर्थिक गतिविधि नियमन गर्न कार्यविधि जारी
मंगलबार, माघ २०, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलको आर्थिक गतिविधि व्यवस्थित र पारदर्शी बनाउन नयाँ कार्यविधि लागू गरेको छ । आयोगले निर्वाचन प्रचार–प्रसारसँग सम्बन्धित आर्थिक कारोबारलाई स्पष्ट मापदण्डभित्र राख्ने उद्देश्यसहित उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ। आयोगद्वारा जारी गरिएको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार(प्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ अनुसार प्रत्येक उम्मेदवारले आफ्नो नाममा छुट्टै बैंक खाता खोल्नुपर्नेछ। त्यस्तै, राजनीतिक दलले पनि निर्वाचन प्रचारका लागि अलग्गै खाता सञ्चालन गरी आम्दानी र खर्चको विवरण व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरिएको छ । कार्यविधिमा सबै आर्थिक कारोबार अनिवार्य रूपमा नेपाली मुद्रामा गर्नुपर्ने उल्लेख गरिएको छ। साथै उम्मेदवारले प्राप्त गर्ने स्वैच्छिक आर्थिक सहयोग २५ हजार रुपैयाँभन्दा बढी भएमा नगद लिन नपाइने र सो रकम अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत मात्र प्राप्त गर्नुपर्ने प्रावधान राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार