छ महिनामा भित्रियो साढे १० खर्ब रेमिट्यान्स 

सोमबार, माघ १९, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा विदेशमा रोजगारी गर्ने नेपालीले पठाउने रकम ३९.१ प्रतिशतले बढेको छ ।  छ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोडको विप्रेषण आप्रवाह भएको राष्ट्र बैंकले जनाएको हो ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले बढेको थियो । २०८२ पुस महिनामा विप्रेषण आप्रवाह १ खर्ब ९२ अर्ब ६२ करोड रहको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २२ अर्ब ४४ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो ।  समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ६८ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ खर्ब ३३ अर्ब ८६ करोड रहेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  २०:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार