सुनको मूल्यमा उतार चढाव 

झण्डै १९ हजारले घट्यो सुनको मूल्य
आइतबार, माघ १८, २०८२

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा ठूलो उतार चढाब देखिएको छ । सुनचाँदीको मूल्यमा यस्तो उतार चढावलाई व्यवसायीले अस्वभाविक भनेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रति तोला तीन लाख रुपैयाँ कायम भएको छ । यो मूल्य गत शुक्रबारको मूल्य भन्दा १८ हजार ८०० भन्दा तलले घटेको हो । त्यस्तै चाँदीको मूल्य पाँच हजार ५०० कायम भएको छ, जुन गत शुक्रबारको मूल्य सात हजार ६५ भन्दा कम हो । नेपालमा सुन–चाँदीको मूल्यमा आएको गिरावटको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नु रहेको व्यावसायीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ४ हजार ८६५ अमेरिकी डलर र सेतो धातु (चाँदी) ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । विशेषज्ञहरूले सुनचाँदीको मूल्यमा हरेक हप्ता अमेरिकी डलरको मूल्य, अन्तर्राष्ट्रिय शेयर बजारको अवस्था र मांग–आपूर्तिमा हुने उतारचढावले प्रभाव पार्ने बताए। नेपालमा सुनको माग घट्दा र अमेरिकी डलर स्थिर रहँदा स्थानीय मूल्य पनि तल झरेको व्यावसायीहरू बताउँछन् । सुन–चाँदीको मूल्यमा आएको यस्तो गिरावटले औपचारिक बजारमा व्यापार गर्ने व्यापारीहरू र उपभोक्ताबीच मिश्रित प्रतिक्रिया आएको छ। उपभोक्ताले सुन किन्ने अवसरलाई लाभप्रद ठानेका छन् भने व्यापारीहरू अलिकति चाप महसुस गरिरहेका छन् ।
गत हप्ताको मूल्यक्रम यस प्रकार छ  :

बिहीबार : सुन रु ३,३९,३००, चाँदी रु ७,५०५

बुधबार : सुन रु ३,१८,८००, चाँदी रु ७,३००

मङ्गलबार : सुन रु ३,०९,३००, चाँदी रु ६,८७०

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार