नेपाल टेलिभिजनको प्रशारण सामग्रीको गुणस्तर र प्रभावकारीता बढाउनुपर्छ : उपराष्ट्रपति

शनिबार, माघ १७, २०८२

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले नेपाल टेलिभिजनले नयाँ प्रवृत्ति, डिजिटल प्लेटफर्म र बढ्दो जनअपेक्षालाई आत्मसाथ गर्दै प्रशारण सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल टेलिभिजनको ४१ औं वार्षिकोत्सव कार्यक्रममा उनले डिजिटल युगमा प्रस्तुती र प्रवृत्तिलाई निरन्तर विस्तार गर्नु अपरिहार्य रहेको भन्दै नयाँ प्रवृत्ति र बढ्दो जनअपेक्षालाई आत्मसाथ गर्दै नेपाल टेलिभिजनले प्रभावकारीता बढाउनुपर्ने बताए । उनले भने, ‘आजको डिजिटल युगमा विषयवस्तु, पहुँच, प्रस्तुती र प्रवृत्तिलाई निरन्तर विस्तार गर्नु अपरिहार्य छ । नयाँ प्रवृत्ति, डिजिटल प्लेटफर्म र बढ्दो जनअपेक्षालाई आत्मसाथ गर्दै प्रशारण सामग्रीको गुणस्तर र प्रभावकारीता बढाउनु आवश्यक छ ।’ यस्तै, उनले परम्परागत रेडियो वा टेलिभिजनमा सिमित नभई डिजिटल माध्यममार्फत जनतासामु पुग्नु आजको चुनौती मात्र होईन्, नयाँ पुस्तासम्म राष्ट्रको आवाज पु¥याउने अवसर पनि भएको बताए । उनले भने, ‘परम्परागत रेडियो वा टेलिभिजनमा सिमित नभई डिजिटल माध्यममार्फत जनतासामु पुग्नु आजको चुनौती मात्र होईन्, नयाँ पुस्तासम्म राष्ट्रको आवाज पु¥याउने अवसर पनि हो ।’ सरकारी सञ्चार माध्यमहरुको प्रमुख दायित्व राष्ट्रको आवाजलाई सशक्त बनाउने, नागरिकलाई जानकारीमूलक शैक्षिक तथा प्रेरणादायी सामग्री उपलब्ध गराउने र लोकतान्त्रिक मूल्यहरुको संरक्षण गर्ने पनि रहेको उनको भनाई छ ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार