झन झन आकासियो सूनको मूल्य 

बिहीबार दिनभर तोलाकै तीन लाख ३९ हजारमा कारोबार 
बिहीबार, माघ १५, २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दिन दिनै बढ्दै गएको छ । बिहेको सिजनमा सूनको मूल्य दिन दिनै बढ्दा उपभोक्ता चर्काे मूल्यमा सून किन्न बाध्य भएका छन् । आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेर तोलामा तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको हो । यो मूल्य इतिहासकै उच्च मूल्य हो । महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा तीन लाख १८ हजार ८०० सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै ,चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  २१:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार