कोशी एक्सिलेन्स अवार्डको तयारी हुँदै, कान्तिपुरले प्रत्यक्ष प्रशारण गर्ने

बिहीबार, माघ १५, २०८२

काठमाडौं । कोशी एक्सिलेन्स अवार्ड २०२६ को प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने भएको छ । बिहीबार नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारी र कान्तिपुर टेलिभिजनका विजनेश प्रमुख सागर केसी र मार्केटिङ मेनेजर अनुपम अधिकारी बिच कोशी एक्सिलेन्स अवार्ड वितरण कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने सम्झौता भएको हो । आउँदो फागुन ७ गते इटहरीको सोल्टी वेस्ट्रन होटेलमा कोशी प्रदेशको पर्यटन, व्यापार र सामाजिक सांस्कृतिक पहिचान प्रवर्धनका लागि योगदान गर्ने उद्देश्यले कोशी एक्सिलेन्स अवार्ड – २०२६ आयोजना हुँदैछ । कोशी प्रदेशकै सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यस कार्यक्रमले कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ । यस वर्ष अवार्डलाई अझ परिष्कृत र प्रभावशाली बनाउन तीन नयाँ विधा अटोमोबाइल, सङ्गीत र क्यापिटल मार्केट थप गरेर कुल १६ विधामा अवार्ड प्रदान गरिने आयोजक संस्था नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले बताए । गत वर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी र इन्स्योरेन्स लगायत दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको उनले बताए । अवार्डलाई थप विश्वासिलो र राष्ट्रिय स्तरको बनाउने उद्देश्यले उच्चस्तरीय निर्णायक समिति गठन गरिएको अध्यक्ष अधिकारीले बताए । निर्णायक समितिमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी प्रमुख सल्लाहकार रहेका छन् भने संविधानसभा सदस्य पवन शारडाको संयोजकत्वमा चार सदस्यीय निर्णायक मण्डल गठन गरिएको छ । समितिले अवार्ड प्राप्तकर्ताको छनोट प्रक्रिया तीव्र र पारदर्शी ढङ्गले अघि बढाइरहेको उनले जानकारी दिए । कोशी प्रदेश सरकारले कोशी पर्यटन वर्ष–२०८२’ को तयारीलाई अघि बढाइरहेको सन्दर्भमा, अवार्ड कार्यक्रमले प्रदेशको पर्यटन, व्यापार र सामाजिक सांस्कृतिक पहिचान प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । अध्यक्ष अधिकारीका अनुसार, कार्यक्रमले व्यापारसँगै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनेछ र कोशी पर्यटनलाई राष्ट्रिय स्तरमै चिनाउने लक्ष्य रहेको छ । अवार्ड कार्यक्रमको व्यवस्थापन इटहरीस्थित काफल्सले गर्ने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  १८:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार