आइसिटी फ्रेमले ‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६’ आयोजना गर्ने

आइतबार, माघ ११, २०८२

काठमाडौं । नेपालको अग्रणी प्रविधि सञ्चार माध्यम आसिटि फ्रेमले टेक–एक्स सँगको सहकार्य र टेक ब्लगर्स एसोसिएसन अफ नेपालको सहयोगमा ‘आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६’ आयोजना गर्ने घोषणा गरेको छ । ‘नवप्रवर्तनको सम्मान, उत्कृष्टताको उत्सव’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस राष्ट्रिय स्तरको प्रतिस्पर्धा शनिबार, २ मे २०२६ (१९ वैशाख २०८३) मा सम्पन्न हुनेछ । यस पहलले देशभरका स्नातक विद्यार्थी, स्वतन्त्र विकासकर्ता र उदीयमान प्रविधि नेताहरूलाई आफ्नो सीप प्रदर्शन गर्ने एक उत्कृष्ट मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ । यस अवार्डको औपचारिक उद्घाटन लिबर्टी कलेजका प्रिन्सिपल डा. देवराज पनेरुले गरेका हुन् । सो क्रममा उनले आधुनिक शिक्षामा परियोजनामा आधारित सिकाइको महत्त्वमा जोड दिँदै भने, ‘उद्योगका लागि तयार स्नातकहरू उत्पादन गर्न र युवाहरूलाई आत्मविश्वासी प्रविधि नेता बन्न उत्प्रेरित गर्न यस्ता पहलहरू आवश्यक छन् ।’ यस प्रतियोगिताको अवधारणात्मक रूपरेखा साइबर सुरक्षा विज्ञ तथा वान कभर प्रा. लि.का सिइओ चिरञ्जीवी अधिकारीले तयार पारे । उनका अनुसार आइटीपीसीले विचारहरूको मूल्याङ्कन योग्यता, प्रभाव र दीर्घकालीन सम्भावनामा आधारित रहेर गर्नेछ, जसले विद्यार्थीलाई कक्षाकोठाको ग्रेडभन्दा बाहिरको व्यावसायिक संसारसँग जोड्नेछ ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  १९:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार