सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी उच्च मूल्यमा काराेबार भएकाे छ । आइतबार सुन २ हजार ४ सयले बढेको थियाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज छापावाल सुन तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको हाे । गत शुक्रबार छापावाल सुन तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार कायम भएको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । यसैगरी आज चाँदी पनि बढेको मूल्य अनुसार नै काराेबार भयाे । शुक्रबार प्रतितोला ६ हजार १९० रुपैयाँ कायम भएको चाँदी आज बढेर प्रतितोला ६ हजार ४८० रुपैयाँ कायम भएको थियाे ।