ग्लोबल आईएमई बैंकको ग्लोबल हाट बजार ५०औँ हप्तामा प्रवेश

शुक्रबार, माघ २, २०८२

काठमाडौँ । ग्लोबल आईएमई बैंकको ग्लोबल हाट बजार ५०औँ हप्तामा प्रवेश गरेको छ । स्थानीय लघु, साना तथा मझौला उद्योग (एमएसएमईएस)को प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल हाटबजार आयोजना गरिएको हो । यसैअन्तर्गत आज शुक्रबार ५०औँ ग्लोबल हाट बजार आयोजना हुँदै छ । सबैको निरन्तर उत्साह र सक्रिय सहभागिताले नै यस साप्ताहिक कार्यक्रमलाई स्थानीय उद्योगहरूका लागि आफ्ना रैथाने दिगो उत्पादनहरू प्रदर्शन गर्ने एक प्रभावकारी माध्यम बनाएको बैंकले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  १८:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार