सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । वि.सं. १९९० माघ २ गते गएको महाविनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो । यस दिवसको उद्देश्य भूकम्पबाट हुन सक्ने जोखिमबारे जनचेतना फैलाउनु र सुरक्षित पूर्वतयारीलाई प्रवद्र्धन गर्नु हो । भूकम्पीय जोखिम उच्च रहेको नेपालमा सुरक्षित निर्माण र व्यवहारिक सतर्कता अत्यन्त आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। दिवसका अवसरमा आज देशभर विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै छन् ।