‘ई–बुकिङ नेपाल’ औपचारिक रूपमा सुरु

सांस्कृतिक–प्राकृतिक–साहसिक पर्यटनलाई डिजिटल प्लेटफर्ममा एकीकृत
बुधबार, पुस ३०, २०८२

काठमाडौं । नेपालका लागि पर्यटनका मुख्य तीन आधार सांस्कृतिक, प्राकृतिक र साहसिक पर्यटनलाई एकीकृत गर्दै डिजिटल युगअनुकूल ‘हरेक यात्रा–एउटै प्लेटफर्म’ मूल भावका साथ ‘पर्यटन प्रविधि सम्बन्धी सेवा प्रवाह’ केन्द्रित ‘ई–बुकिङ नेपाल’को औपचारिक समुद्घाटन गरिएको छ । ई–बुकिङ नेपाल कार्यक्रम सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको प्रमुख आतिथ्यमा औपचारिक समुद्घाटन गरिएको हो । कार्यक्रममा सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुन लगायतका विशिष्ट अतिथिहरू उपस्थित थिए । कार्यक्रममा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत संस्कृति र पर्यटन सम्बन्धी ज्येष्ठ निकाय—सांस्कृतिक संस्थान र नेपाल पर्यटन बोर्डबीचको ऐक्यबद्धता पनि भएको थियो । सांस्कृतिक पर्यटनको विकासका लागि संस्कृतिलाई प्रविधिमैत्री ढंगले डिजिटल उत्पादनसँग जोड्ने सांस्कृतिक संस्थानको दीर्घकालीन दृष्टिकोणअनुसार संस्थानका कलाकारहरूले सातै प्रदेशको प्रतिनिधित्व गर्ने मौलिक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । सांस्कृतिक संस्थानले प्रविधिमैत्री क्रियाकलापमार्फत नेपाली संस्कृतिलाई उत्पादनसँग जोड्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने नीति अपनाउने प्रतिबद्धता प्रकट गर्दै ई–बुकिङ नेपालसँग निरन्तर सहकार्य गर्ने पनि जनाएको छ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार