सोसल मिडिया
Contact Us
युनिकोड
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले सो कार्यालयले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन गाउँ–गाउँमा सचेतना कार्यक्रमका साथै सार्वजनिक सुनुवाइ कार्यक्रम सुरु गरेको छ । सेवा लिने नागरिकलाई सेवा लिन सहज बनाउने तथा सेवा सिफारिस गर्ने कार्यालयलाई पनि सिफारिस गर्न सहज बनाउने र नागरिकका गुनासो सुन्ने उद्देश्यले कार्यालयले यस्ता कार्यक्रम आयोजना गरेको हो । सोही सन्दर्भमा गोकुलगंगा गाउँपालिकाको व्यवस्थापनमा गोकुलगंगाको रस्नालुमा मंगलबार शान्ति सुरक्षा, अपराध नियन्त्रण एवं सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रम गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का दिनेशको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खड्काले कार्यालयको प्रमुख व्यक्तिको भूमिकाले नागरिकले पाउने सेवा सहज वा असहज हुने बताए । प्रमुख जिल्ला अधिकारीले गरिदिएको सहजीकरणले सेवा प्रवाहमा सहज भएको उनले बताए । प्रमुख जिल्ला अधिकारी थापाले जिल्ला प्रशासन कार्यालयले सकेसम्म र हुनेसम्म समस्या समाधान गर्ने गरेको बताए । कानुनमा टेकेर काम गर्नुपर्ने बताउँदै उनले सबै कुरा कानुनका अक्षरमा मात्र नलेखिने भएकाले कतिपय काम विवेक पु¥याएर गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा शान्ति सुरक्षा र अपराध नियन्त्रणका विषयमा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी भोला भट्टले जानकारी दिएका थिए । उनले लागु औषधको प्रयोग र न्यूनीकरणका प्रयास बारे जानकारी गराएका थिए । त्यस्तै जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलले जिल्ला प्रशासन कार्यालय रामेछापले प्रवाह गर्ने सेवा र त्यसका लागि आवश्यक कागजातको बारेमा जानकारी दिएका थिए ।