सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो । प्रधानको निधनप्रति गायक प्रमोद खरेलले सामाजिक सञ्जालमा लेखेका छन्,‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्याे । प्रिय प्रसान्त तामाङ हामी बीच रहनु भएन छ । उफ.. वैकुण्ठमा वास होस् ।’ त्यस्तै, संगीतकार अर्जुन पोखरेलले पनि दुःख व्यक्त गर्दै लेखेका छन्,‘नेपाली मन मुटुमा बस्न सफल प्रशान्त हामी माझ रहेनन् भन्ने खबर आयो । मन भारी भयो अति नै नरमाइलो लाग्यो । यो खबर असत्य होस भन्छु, आत्माको चिर शान्तिको कामना गर्दछु ।’ प्रशान्तको जन्म भारत दार्जीलिङको तुङ्सुङ भन्ने ठाउँमा भएको थियो ।