सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन भएको छ। उपचारका लागि वीर अस्पतालमा लगिँदै गर्दा गत शुक्रबार साँझ उनको निधन भएको हो । उनी ८४ वर्षका थिए । होमनाथ पत्रकारका साथै नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा, ओखलढुंगा जिल्लाबाट निर्वाचित पूर्वसांसद, पूर्वमन्त्री र नेपाल पत्रकार महासंघका पूर्वसभापति पनि थिए । उनका भाइ पत्रकार पुरुषोत्तम दाहालले भने, ‘उहाँको निधन २०८२ पुस २५ गते साँझ वीर अस्पतालमा उपचारार्थ पुर्याउँदै गर्दा भएको हो। ८४ वर्षीय दाहाल केही समयता केही अस्वस्थ हुनुहुन्थ्यो ।’ श्रद्धाञ्जलीका लागि आज (शनिबार) बिहान ७ बजेदेखि ९ बजेसम्म निजी निवास (मैतीदेवी) मा पार्थिव शरीर राखिने र बिहान ९ः३० बजेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जानकारी उनले दिए । होमनाथ दाहालका दुई छोरा डा. सुधांशु दाहाल र हिमांशु छन् ।