ब्रिटिस कलेजमा देखिएको विवाद समाधानउन्मुख

बिहीबार, पुस २४, २०८२

काठमाडौं । थापाथलीमा रहेको द ब्रिटिस कलेजमा देखिएको विवाद समाधानउन्मुख देखिएको छ । कलेज सञ्चालकहरूले झुक्क्याएर रकम असुलेको र दुबइमा इन्टर्नसिप भनेर कामदारका रूपमा पठाएको भन्दै आन्दोलन गरिरहेका विद्यार्थी पनि मत्थर देखिएका छन् । विद्यार्थीहररु आफूहरूमाथि शिक्षाको नाममा ठगी भएको भन्दै सामाजिक सञ्जालमा सक्रिय रुपमा विरोध जनाइरहेका थिए । तर शिक्षा मन्त्रालयले कलेज प्रशासनलाई एक निर्देशनात्मक आदेशसहितको पत्र पठाएपछि विवाद साम्य हुँदै गएको हो । कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलका अनुसार मन्त्रालयको परिपत्रले अवस्था सामान्य हुँदै गएको छ । मन्त्रालयले सन् २०२६ देखि टिबीसी र दुबईको एचएम कार्यक्रम बन्द गर्नुपर्ने, फाउन्डेसन इयरका कोर्सहरूको प्रचार गर्न नपाइनेलगायतका विषयमा कडाइ गरेको हो । तर कलेज प्रशासनले मन्त्रालयबाट प्राप्त बुँदागत निर्देशनमा उल्लेख भएको बुँदा नम्बर दुईका सन्दर्भमा अन्योलता भएको जनाएको छ । आन्दोलनरत विद्यार्थीहरुले भने अझै केही असन्तुष्टि रहेको र केही विषयमा अडान कायम राखेको जनाएका छन् । यसअघि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरुलाई १० बुँदे निर्देशन दिएको थियो । शिक्षामन्त्री महावीर पुनले मन्त्रीस्तरीय निर्णय गर्दै विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाहरुलाई निर्देशन दिएका हुन् ।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार