राष्ट्रपति–प्रधानमन्त्रीबीच छलफल

शनिबार, साउन ९, २०७८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शुक्रबार साँझ राष्ट्रपति भवनमा समसामयिक विषयमा छलफल भएको छ ।  ‘सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको हो । सम्माननीयज्यूहरूबीच यो नियमित भेटवार्ता हो’, छलफलबारे सङ्क्षिप्त जानकारी दिँदै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने । 
 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  ०६:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार