आज सुनचाँदीको मूल्य बढ्यो

सोमबार, पुस २१, २०८२

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज २५ सय रुपैयाँले सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको थियो । यसैगरी चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेको छ । आइतबार ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार