पाँच हजार विद्यार्थीहरुको लागि स्कूल ब्यागसहित शैक्षिक सामग्री वितरण

शुक्रबार, पुस १८, २०८२
काठमाडौं । महारुद्र परिवारको संयोजकत्वमा र एनएसएन पर्ल ग्रिन टी कम्पनीको सहयोगमा विभिन्न स्थानमा विद्यार्थीहरुको लागि  शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ । जाजरकोट, कैलाली, चितवन, बाग्लुङ र ललितपुर जिल्लाका करीब ३ हजार ५ सय विद्यार्थीहरुको लागि झोला तथा शैक्षिक सामाग्रीहरु वितरण कार्यक्रम सम्पन्न भईसकेको र अब झापा, इलाम र नवलपरासीका विभिन्न विद्यालयहरुमा वितरण गरिने महारुद्र परिवारका अध्यक्ष खगेन्द्र पोखरेलले बताए । 'जीवन नै सेवा हो र सेवा नै धर्म हो ।' कसैले पनि खाली हातमा किताब बोकेर हिँड्न नपरोस् भन्ने उद्देश्यले विद्यार्थीहरुको शैक्षिक सहयोगको लागि ५ हजार थान झोला तथा शैक्षिक सामग्रीहरु उपलब्ध गराएको एनएसएन पर्ल ग्रिन टी कम्पनीका सञ्चालक सुजन गौतम बताउँछन् । अरु धेरै ठाउँमा पनि निरन्तर सहयोग गरिने गौतम बताउँछन् । महारुद्र परिवारले प्राकृतिक विपद् तथा दुर्गम क्षेत्रमा रहेका पीडित नेपालीहरूलाई निरन्तर सहयोग गर्दै आएको छ । महारुद्र परिवार नेपालकै एकमात्र धार्मिक सेवाकारी परिवार भएको उल्लेख गर्दै अभियानमा सबैलाई जोडिन समाजसेवी तथा अभियन्ता सोम शर्माले आह्वान गरे । महारुद्र परिवारले महाशिवरात्रीको अवसरमा पशुपतिनाथमा माघ २४ गतेदेखि फाल्गुन ३ गतेसम्म महायज्ञ आयोजना गर्न लागेको र महायज्ञ अवधिभर न्भल९श् आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा विशेष दीप प्रज्वलन कार्यक्रमसमेत रहेको संस्थाका कोषाध्यक्ष खेम खरेल बताउँछन् ।
 
 
 
 
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार