सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पढ्ने भनेको किताव मात्रै नभएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । विहीबार भक्तपुरमा भएको एक कार्यक्रमका वक्ताहरुले कितावसँंगै विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराई शिक्षा दिनुपर्नेमा जोड दिए । गाउँंगाउँंबाट उठ, वस्तीवस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ.. कालजयी गीतका रचयिता बरिष्ठ गीतकार श्याम तमोटले कितावमा मात्रै विद्यार्थीलाई सिमित गर्नु कुनै हालतमा पनि बुद्धिमानी नहुने बताए । शिक्षाविद् रामगोपाल कर्माचार्यले विद्यार्थीको जिपिएलाई मात्रै लिएर मूल्यांकन गर्ने परिपाटी गलत भएको बताए । जिपिएसँगै विद्यार्थीको सर्वांगिन विकासमा विद्यालयहरुले विशेष ध्यान दिनुपर्ने उनले बताए । गाउँंगाउँंबाट उठ गीतकार तमोटकोबारेमा चर्चा गर्दै उनले अव गाउँंगाउँंबाट होइन, विदेशविदेशबाट उठ भनेर गीतलाई रिमिक्स गर्नु आवश्यक भएको बताए । एभरेस्ट स्कुल भक्तपुरमा भएको साँंस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोहमा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले यही कारण स्कुलले विद्यार्थीहरुको मूल्यांकन अभिभावक नम्वर पनि राखेर गरिने जनाए । प्रत्येक अभिभावकका विद्यार्थीलाई आआफना नानीबाबुहरुको घरमा गर्ने क्रियाकलपाको मूल्यांकन गराई उनीहरुबाटै पाएको नम्वरसमेत समेटेर विद्यार्थीको मूल्यांकन गर्ने उनले सुनाए । विद्यार्थीले घरमा राम्ररी हात धोएर मात्रै खाने, अभिभावकहरुलाई सघाउने, आफूलाई चाहिने सामानहरु मिलाउने यी र यस्ता विविध गरेको छ कि छैन लगायतका आधारमा अभिभावकहरुलाई नम्वर दिन लगाउने उनले सुनाए । कार्यक्रम दुई चरणमा भएको थियो । पहिलो चरणमा मेडल वितरण भएको थियो । दोश्रो चरणमा वार्षिक साँस्कृतिक प्रदर्शनी भएको थियो । पहिलो चरणमा विजेता विद्यार्थीहरुलाई प्रिन्सिपल कमलादेवी राजभण्डारी अमात्यले मेडल तथा प्रमाणपत्र वितरण गरेकी थिइन् । दोश्रो चरणको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँंस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । उनीहरुले गीत, नृत्य, धिमे, उसु, योगा, जिम्याष्टिकलगायतका देखाएका थिए । विद्यार्थीले चर्या नृत्य पनि देखाएका थिए । कार्यक्रम राष्टिय गानबाट सुरु भएको थियो । त्यसपछि संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्वागत मन्तव्य राखेका थिए । ससानादेखि १० कक्षासम्मका विद्यार्थीले हिजो राति.., दपर्ण छायाँं.., हामी हौं शान्ति.., शिरीशिरी..लगायतका बोलहरुमा नृत्य प्रस्तुत गरेका थिए । साथै महिषासुर भगवतीको आकर्षक नृत्य पनि देखाएका थिए । आआफना नानीबाबुहरुको यस्तो प्रतिभा देखेर कार्यक्रममा सहभागी अभिभावक दंग परेका थिए ।