सोसल मिडिया
Contact Us
युनिकोड
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–३ स्थित तीनताप्के क्षेत्रमा अजिङ्गर सर्प देखिएको छ । बिहीबार बस्ती नजिकै अजिङ्गर देखिएपछि स्थानीयले तत्काल सर्प उद्धारकर्तालाई बोलाएका छन् । स्थानीयका अनुसार घटनाबारे डिभिजन वन कार्यालय मकवानपुरलाई समेत जानकारी गराइएको छ । अजिङ्गर देखिएको स्थानमा स्थानीय बासिन्दा तथा सवारी साधन रोकेर यात्रुहरू भेला भएका कारण केही समय आवतजावतमा असर परेको थियो । वन कार्यालय र उद्धार टोलीको समन्वयमा अजिङ्गरलाई सुरक्षित रूपमा नियन्त्रण गरी जंगल क्षेत्रमा छाड्ने तयारी भइरहेको जनाइएको छ । स्थानीयलाई सतर्क रहन र अनावश्यक भीड नगर्न आग्रह गरिएको छ ।