सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कृषि तथा पसुपंछी विकासमन्त्री डा.मदन परियारले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको बताएका छन् । मंगलबार काठमाडौंमा प्रथम राष्ट्रिय च्याउ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालमा उपभोक्ताहरुमा च्याउ सेवनको महत्वको ज्ञान वृद्धिसँगै माग बढ्दै गएकाले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको बताए । साथै उनले नेपालको रैथाने च्याउहरुसँगै नयाँ प्रजातीको अध्ययन अनुसन्धानगरी खेती प्रविधिहरुको विकास र दक्ष जनशक्तिको उपलब्धता पर्याप्त हुन नसकेको धारणा राखे । उनले भने,‘नेपालमा उपभोक्ताहरुमा च्याउ सेवनको महत्वको ज्ञान वृद्धिसँगै च्याउको माग बढ्दै गएकाले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छ । नेपालको रैथाने च्याउहरुसँगै नयाँ प्रजातिको अध्ययन अनुसन्धान गरी खेती प्रविधिहरुको विकास र दक्ष जनशक्तिको उपलब्धता पर्याप्त हुन सकेको छैन् ।’ च्याउ गुणस्तर नियमन तथा विऊ उत्पादन परिक्षण लगायतका कार्यका लागि आधुनिक प्रयोगशाला निर्माण यसै वर्ष सम्पन्न हुने उनले जानकारी गराए । मन्त्री परियारले न्यून आय स्रोत भएका कृषकहरुलाई च्याउ खेती जीविकोपार्जनको लागि राम्रो खेती हुनसक्ने धारणा राखे ।