आज काठमाडौंका विभिन्न स्थानमा दुई घण्टा विद्युत् कटौती

शनिबार, पुस १२, २०८२

काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य प्रशासनिक तथा आवासीय क्षेत्र आज दुई घण्टा विद्युत् सेवाबाट वञ्चित हुने भएका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार वितरण प्रणालीलाई भूमिगत बनाउने क्रममा सम्पन्न भइसकेका केबल जोड्ने कार्यका लागि आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म विद्युत् कटौती गरिनेछ । यस अवधिमा लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्र, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल प्रहरी अस्पताल वरपरका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ । काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत गरिएको भूमिगत संरचना जडानलाई अन्तिम चरणमा पु¥याउन अस्थायी रूपमा विद्युत् कटौती गर्नुपरेको प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ । तोकिएको समयअगावै काम सम्पन्न भएमा विद्युत् सेवा पुनः सञ्चालन गरिने पनि प्राधिकरणले स्पष्ट पारेको छ ।

प्रकाशित मिति: शनिबार, पुस १२, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार