सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार दिनभर बढेको मूल्य अनुसार नै सुन चाँदीको कारोबार भयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ८ सय रुपैयाँले बढेको थियो । बिहीबार तोलामा २ लाख ६७ हजार ५०० रुपैयाँ कायम गरिएको छापावाल सुन शुक्रबार तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँ कायम गरिएको थियो। यस्तै चाँदीको मूल्य पनि बढेको थियो । बिहीबार तोलामा ४ हजार ४ सय रुपैयाँ कायम भएको चाँदी बढेर आज तोलामा ४ हजार ५ सय ६५ रुपैयाँ भएकोमा सोही अनुसार नै कारोबार भएको महासंघले जनाएको छ ।