दुईजना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस

शुक्रबार, पुस ११, २०८२

काठमाडौं । बढुवा समितिको सचिवालयले दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै रिक्त सहसचिव पदमा बढुवाका लागि योग्य ठहरिएका कर्मचारीहरूको नाम सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो । बढुवा समितिको बिहीबार बसेको बैठकको निर्णयअनुसार नेपाल कृषि सेवा अन्तर्गत बाली संरक्षण समूहका राजपत्रांकित प्रथम श्रेणीका एक जना र भेटेरिनरी समूहका राजपत्रांकित प्रथम श्रेणीका एक जना कर्मचारी सहसचिव पदमा बढुवाका लागि सिफारिस सूचीमा परेका छन् । सिफारिस भएका कर्मचारीहरूको बढुवा प्रक्रिया प्रचलित कानुन तथा नियमावली अनुसार अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार