सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) अन्तर्गत बन्ने दुई वटा सडक आयोजनाका लागि करिब दुई करोड ३७ लाख अमेरिकी डलर बराबरको सम्झौता भएको छ । यी नयाँ सम्झौताले नेपालको सडक पूर्वाधारलाई बलियो बनाउनेछ र दीर्घकालीन आर्थिक वृद्धिलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याउनेछ । यी सम्झौतामध्ये लुम्बिनी प्रदेशको दाङ जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्गको धनखोला–लमही खण्डमा फुल–डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोग गरी सडक पुनःस्थापनाका लागि शर्मा–कुमार संयुक्त उपक्रमसँग २० मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ। साथै, उक्त कार्यको सुपरिवेक्षण तथा नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि इन्टरकन्टिनेन्टल कन्सल्टेन्ट्स एण्ड टेक्नोक्र्याट्स प्रा.लि. (आईसीटी) सँग ३.६६ मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ। आज सम्पन्न सम्झौता हस्ताक्षर समारोहमा नेपाल सरकारका वरिष्ठ अधिकारीहरू, राजदूत थम्पसन, एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग बिष्ट, एमसीसीका उप–देश निर्देशक सञ्जय पौड्याल, तथा एमसीए–नेपाल बोर्डका सदस्यहरूको उपस्थिति रहेको थियो। राजदूत थम्पसनले यस उपलब्धिमा संलग्न सबैलाई बधाई दिँदै यो परियोजना एउटा मात्र लगानी नभई अझ धेरै अर्थ राख्ने रहेको उल्लेख गरे । उनले यसले अमेरिका–नेपाल साझेदारीको मजबुती, एमसीसी नेपाल कम्प्याक्टको निरन्तर प्रगति, र नेपाली जनता तथा नेपालमा रहेका अमेरिकी व्यवसायका लागि समयमै देखिने र व्यवहारिक परिणामहरू सुनिश्चित गर्ने साझा प्रतिबद्धता प्रतिबिम्बित गर्ने बताए । एमसिए–नेपालले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गतका सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्व–पश्चिम राजमार्गको धानखोलाबाट लमहीसम्मको खण्डको स्तरोन्नतिका लागि शर्मा– कुमार संयुक्त उपक्रमसँग करिब दुई करोड अमेरिकी डलर बराबरको सम्झौता गरेको हो । यसैगरी एमसिएनेपालले हालै उक्त सडकखण्डको सडक स्तरोन्नति कार्य र नारायणघाट–मुग्लिङ सडकखण्डको आवधिक मर्मतको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्टान्ट एन्ड टेक्नोक्राट्स प्रालिसँग करिब ३६ दशमलव छ लाख अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको विज्ञप्तिमा उल्लेख छ । यी आयोजनाअन्तर्गत पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किलोमिटर सडकखण्डमा स्तरोन्नति गरी १२ मिटर चौडा गरिने छ भने नारायणघाट–मुग्लिङ सडकखण्डको आवधिक मर्मत गरिने छ । एक कार्यक्रमबिच एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र शर्मा–कुमार संयुक्त उपक्रमका आधिकारिक प्रतिनिधि सौरभ शर्माले धान खोलाबाट लमहीसम्मको सडकखण्डको स्तरोन्नति कार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।