सम्पदा, वातावरण अभियन्ता पूर्ण स्थापितको निधन

ललितपुर महानगर प्रमुख चिरीबाबुले दिए अभियन्ता पूर्ण स्थापितको परिवारलाई समवेदना
बिहीबार, पुस ३, २०८२

ललितपुर । सम्पदा, वातावरण, हरियाली संरक्षण र प्रबद्र्धनमा निरन्तर लागिरहेका अभियन्ता पूर्ण स्थापितको निधन भएको छ । पुष २ गते बुधबार स्थापितको निधन भएको हो । ललितपुर महानगरपालिका वडा नं. ६ निवासी उनी ८१ वर्षका थिए ।  पारिवारिक स्रोतका अनुसार अभियन्तता पूर्णको मृर्गौला सम्बन्धि रोगको उपचार भइरहेको थियो । उनको १ छोरा र पाँच छोरी छन् । धर्मपत्नीको साढे तीन महिना अघि निधन भएको थियो । अतिक्रमणमा परेको लगनखेलमा अवस्थित धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्वको सप्तपाताल पोखरीलाई फिर्ता ल्याउन उनले डेढ दशक लामो कानुनी लडाईं लडेका थिए । उनको नेतृत्वमा भएको यो लडाईं सफल भएपछि अहिले ललितपुर महानगरले सप्तपाताल पोखरीको पुर्निर्माण गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १९:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार