सुनको मूल्य सामान्यरुपमा बढ्दा चाँदीको मूल्य ह्वात्तै बढ्यो

बुधबार, पुस २, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुन ७ सय रुपैयाँले बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ५९ हजारमा कारोबार भइरहेको सुन आज बढेर प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै चाँदीको मूल्य आज ७ सय २४ रुपैयाँले बढेको छ । जसले गर्दा आज चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार