सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो चौमासिकमा करिब सात खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प्रतिशतले वृद्धि भई छ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । गत कात्तिक महिनामा मात्रै एक खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ बराबर विप्रेषण आप्रवाह भएको छ । केन्द्रीय बैङ्कका अनुसार यही अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) सात खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । चालु आवको पहिलो चौमासिकमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ४५ हजार ९७३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख २७ हजार ८३७ रहेको छ ।