२७ औं पोखरा सडक महोत्सव २०८२ पौष १३ गतेदेखि हुने

सोमबार, मंसिर २९, २०८२

पोखरा। २७ औं ‘पोखरा सडक महोत्सव २०८२’ यहि पौष १३ देखि १७ गतेसम्म हुने भएको छ । सोमबार पत्रकारसम्मेलन गर्दै आयोजक संस्था रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान) पोखराले विगत २६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको पोखरा सडक महोत्सवलाई यस वर्ष पनि थप उत्साहका साथ आयोजना गर्न लागेको जानकारी दिएको छ । महोत्सव फेवा तालको किनार लेकसाइडको करिब साढे तीन किलोमिटर क्षेत्रमा हुने आयोजक संस्था रेबानले जनाएको छ । यस वर्ष महोत्सवको मुख्य आकर्षणका रुपमा नेपालका विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक झाँकी, मौलिक भेषभुषा र परम्परागत नृत्यहरुको प्रदर्शन रहेको छ । त्यस्तै सडकमै खाऔं भन्ने नारालाई सार्थक पार्दै सडकमै राष्ट्रिय तथा अन्तराष्ट्रिय परिकारहरुको प्रत्यक्ष स्वाद लिन पाईने व्यवस्था महोत्सवमा रहेको छ । यसका साथै महोत्सवमा नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको लाईभ कन्सर्ट, मौलिक लोक दोहोरी गीत प्रस्तुती पनि हुने आयोजक संस्था रेबानले जानकारी दिएको छ । त्यस्तै, फेवा तालमा बोट रेस, रस्सा कस्सी र पर्यटकहरुका लागि लक्षित विशेष खेलहरु पनि महोत्सवमा मुख्य आकर्षणको रुपमा रहेको छ । साथै पोखराको पर्यटनका अवसर र चुनौतीबारे विज्ञहरुसंग टक शो, पोखराको सौन्दर्य झल्काउने वृतचित्र प्रदर्शन र फोटो प्रदर्शनी पनि आयोजना हुने रेबानले जनाएको छ । रेबानले पर्यटकहरुलाई यस महोत्सवमा आउन आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार