सर्लाहीमा २ सय १२ ग्राम लागूऔषध हिरोइनसहित एक जना पक्राउ

सोमबार, मंसिर २९, २०८२

सर्लाही । सर्लाहीमा २ सय १२ ग्राम लागूऔषध हिरोइनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको लालबन्दी नगरपालिका – ५ डाँडा टोलबाट प्रतिबन्धित लागुऔषध हिरोइनसहित एक जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार गएसाँझ करिब ६ बजे गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले लागुऔषध लुकाइछिपाइ राखिएको आशंकामा खोजतलासी गरेको थियो । लालबन्दी – ५ स्थित निर्माणाधीन अवस्थामा रहेको सुवास लामिछानेको घरमा खानतलासी गर्दा भुइँ तलाको पश्चिम–दक्षिणतर्फ रहेको कोठाको पूर्वी भित्तामा रहेको इँटाको प्वालभित्र कालो प्लास्टिकमा पोका बनाई लुकाइछिपाइ राखिएको अवस्थामा सेतो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक परीक्षणका क्रममा उक्त पदार्थ प्रतिबन्धित लागुऔषध हिरोइन जस्तो देखिएको थियो । स्थानीय व्यक्तिहरूको रोहबरमा नेपाल सरकारबाट मान्यता प्राप्त तराजुमा तौल गर्दा उक्त सेतो धुलो पदार्थ २ सय १२ ग्राम रहेको प्रहरीले जनाएको छ । सोही क्रममा घर धनी इश्वरपुर नगरपालिका – ३ भक्तिपुर घर भई हाल लालबन्दी नगरपालिका – ५ मा बसोबास गर्दै आएका ३४ वर्षीय सुवास लामिछानेलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका लामिछानेविरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार