हेटौंडामा इन्टरनेट केवल जथाभावी विच्छ्याउँदा दुर्घटनाको जोखिम

बिहीबार, मंसिर २५, २०८२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–९ मा इन्टरनेटको लापरवाहीपूर्ण गतिविधिले सडक सुरक्षा गम्भीर जोखिममा परेको छ । फाइबर अप्टिकल केबल मनपरी रूपमा सडकमै बिछ्याइएका कारण सवारीसाधनहरुले यात्रा गर्ने क्रममा केबल तानेर अगाडि बढ्दा दुर्घटना हुने खतरा बढेको स्थानीयको भनाइ छ । स्थानीय राजकुमार सापकोटाका अनुसार सडकको छेउछाउ वा खम्बामा व्यवस्थित रूपमा झुण्ड्याउनुपर्ने इन्टरनेटको फाइबर केबल धेरै ठाउँमा ग्राउन्डमै फालिएको देखिन्छ । यो अवस्था लामो समयदेखि निरन्तर रहे पनि सम्बन्धित कम्पनीले बेवास्ता गर्दै आएको उनीहरूको आरोप छ । सवारी चालकले विशेषतः बिहान–साँझ कम दृश्यता हुने समयमा सडकको बीचमा देखिने यस्तो ढिलो केबल नदेख्ने र मोटरसाइकल, स्कुटर तथा साना सवारी साधनहरूमा अड्किएर तानिने गरेका घटनाहरू बढेका छन् । ‘हरेक दिन दुर्घटना हुने डर छ। एकोहोरो रूपमा सडकमा लत्रिएको केबल देखिन्छ, जिम्मेवार पक्ष मौन छ,’ स्थानीय दीपक खड्काले बताए । यता यातायात सुरक्षाका जानकारले यस्तो मनपरी केबल व्यवस्थापनले सवारी दुर्घटनाको दर बढाउने स्पष्ट चेतावनी दिएका छन् । उनका अनुसार सडकधारमा बिछ्याइएका फाइबर तारले मोटरसाइकलका चक्का, ब्रेक वा साइड स्ट्यान्डमा अड्किएर गम्भीर दुर्घटना गराउन सक्छ । यस विषयमा हेटौंडा उपमहानगरपालिकाका आधिकारिक निकायले परिस्थितिको तत्काल अनुगमन गरी इन्टरनेट सेवा

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार