कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै 

बोर्डले आज निर्णय गर्ने 
मंगलबार, साउन ५, २०७८
Global Ime Bank

काठमाडौं । कक्षा १२ को परीक्षा सञ्चालनका लागि कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले सर्तसहित अनुमति दिएको छ । सिसिएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर मंगलबार परीक्षाको दिनबारे निर्णय गर्ने तयारी गरेको छ । शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सिसिएमसीबाट कक्षा १२ को परीक्षा सञ्चालनका लागि सर्तसहित अनुमति पाएको बताए । सचिव थपलियाले भने, ‘पत्र आएको छ, बोर्ड बैठक बसेर परीक्षाको समय निर्णय गर्छौँ ।’ कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् ।  गत जेठमा तय गरेको परीक्षा कोभिड— १९को संक्रमण उच्च भएपछि स्थगित भएको थियो । बोर्डले कम्तीमा तीन हप्ताको समय राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । बोर्डले सोमबार जिल्लास्थित बोर्ड कार्यालयहरूसँग परामर्श गरी मंगलबार परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । 
स्रोतका अनुसार साउन अन्तिम वा १ भदौबाट परीक्षा सञ्चालनको तयारी गरिरहेको छ । कक्षा १२ का विद्यार्थी भएको विद्यालयमा होम सेन्टर राखेर शतप्रतिशत परीक्षा लिने तयारी छ । बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको थियो । 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  ०६:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार