सुनको मूल्य ५ सयले बढ्यो 

सोमबार, मंसिर १, २०८२

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । आज सुन ५ सयले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको सुनको मूल्य आज ५ सयले बढेर २ लाख ४३ हजार ३ सयमा कारोबार भइरहेको छ ।  त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २० रुपैयाँले बढेको हो । चाँदी आज ३ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार