सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा एक विशेष समारोहको आयोजना गर्दै विभागले उत्कृष्ट करदाता कम्पनी र व्यक्तिहरूलाई सम्मान गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार प्राधिकरण रहेको विभागले जनाएको छ । सबैभन्दा बढी कर तिर्ने व्यक्तिमा राजबहादुर शाह रहेका छन् । एकलौटी फर्महरुमा आय विवरणअनुसार सबैभन्दा बढी आयकर दाखिला गर्ने थर्ड आई इण्टरनेशनल सम्मानित भएको छ । वस्तु निर्माणको कारोबार गर्नेमा सबैभन्दा बढी आयकर दाखिला डाबर नेपालले गरेको छ । सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्नेमा ओरिक्स नेपाल प्रालि, कृषि एवं पशुपंक्षीजन्य उद्योगमा पोषक ब्रिडर फार्म प्रालि, बैंक, वित्तीय संस्था र बीमाको कारोवार गर्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि.,स्वास्थ्य तथा शैक्षिक संस्थाहरूमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लि. पर्यटन व्यवसाय गर्नेमा सोल्टी होटल लिमिटेड सम्मानित भएका छन् । वस्तु व्यापारको कारोवार गर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालिले धेरै कर तिरेको छ । त्यस्तै वार्षिक कारोवार रकम ५० करोडभन्दा बढी १०० करोडसम्म कारोवार गर्ने करदातामा ब्रिडिएसएण्ड क्लियरिङ लि सम्मानित भएको छ । डमीमूलक उद्योगमा सबैभन्दा बढी आयकर दाखिला भोटेकोशी पावर कम्पनी प्रालिले गरेको विभागले जनाएको छ । रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोवार गर्नेमा आईएमई लिमिटेड उत्कृष्ट करदाता बनेको विभागले जनाएको छ । निर्यात उद्योगहरुमध्ये अनुसार सबैभन्दा बढी आयकर दाखिला गर्नेमा यूनिलिभर नेपाल लिमिटेडले सम्मान प्राप्त गरेको छ ।