सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम व्यवसायी मीनबहादुर गुरुङले देशको राजस्व खातामा धेरैभन्द धेरै पैसा जम्मा गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । सोमबार काठमाडौंमा कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आफूजस्तो व्यवसायीहरुले जम्मा गरेको पैसाले नै देश बन्ने भन्दै त्यसकारण पनि देशको राजस्व खातामा धेरै रकम जम्मा हुनुपर्ने बताए । उनले भने, ‘मलाई आफ्नो देशको राजस्व खातामा पैसा कम जाओस भन्ने कुरा कहिले पनि मनमा आउदैँन् । जहिले पनि देशको राजस्व खातामा पैसा धेरैभन्द धेरै जम्मा गर्न सकौं । हामीले जम्मा गरेको पैसाले नै देश बनाउने हो । त्यसकारण कर जम्मा गर्नुपर्छ भन्ने मेरो विचार हो ।’ यस्तै, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले ठूलो मात्रामा क्षति भएको भन्दै अब गम्भिर भएर अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘गत भदौ २३ र २४ गते जेनजीको ठूलो आन्दोलन भयो र जेनजीहरुले दुई दिनमै सत्ता परिवर्तन गरिदियो । अब हामी गम्भीर भएर अगाडि बढ्नुपर्छ । यदि भएनौ भने यस्तो आन्दोलन अझै धेरै हुन सक्छ ।’
आर्थिक गतिविधिहरु विस्तार गर्न सके राजस्व आफैं वृद्धि हुन्छ : अध्यक्ष अग्रवाल सोही क्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक गतिविधिको विस्तार र राजस्व वृद्धि दुवै एकअर्काका परिपूरक भएको भन्दै आर्थिक गतिविधिहरुको विस्तार गर्न सके राजस्व पनि वृद्धि हुने बताए । उनले भने, ‘राष्ट्रिय कर दिवस एक दिनको उत्सव मात्रै होइन । जिम्मेवार कर प्रशासन र करदाताको साझा प्रतिबद्धताको सम्मान हो । आर्थिक गतिविधिको विस्तार र राजस्व वृद्धि दुवै एकअर्काका परिपूरक हुन् । जति आर्थिक गतिविधिहरुको विस्तार गर्न सक्छौ त्यति नै राजस्वको वृद्धि हुने हो र सरकारले तोकेको लक्ष्य प्राप्ती गर्न सजिलो हुन्छ ।’ आर्थिक गतिविधि विस्तारको लागि निजी क्षेत्रमैत्री कर नीतिहरु, करदातामैत्री वातावरणको निर्माण आवश्यक रहेको पनि उनको भनाई छ ।