६ हजार ९ सय रुपैयाँले घटेर कारोबार भयो सुन 

आइतबार, कात्तिक ३०, २०८२

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । आज सुन ६ हजार ९ सयले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ४९  हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको सुनको मूल्य आज ६ हजार ९ सयले घटेर २ लाख ४२ हजार ८ सयमा कारोबार भइरहेको छ ।  त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य एक सय ५० रुपैयाँले घटेको हो । शुक्रबार चाँदी आज ३ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १५:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार