यस्तो छ आज शुक्रबारको विदेशी मुद्राको विनिमयदर 

शुक्रबार, कात्तिक २८, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ । यस्तै, राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६५ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ २४ पैसा र बिक्रीदर १८७ रूपियाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०९ रुपैयाँ २९ पैसा जापानी येन १० को खरिददर नौ रुपैयाँ १५ पैसा र बिक्रीदर नौ रुपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ  ९५ पैसा र बिक्रीदर २० रुपैयाँ ०३ पैसातोकिएको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४  पैसा र बिक्रीदर ३९ रुपैयाँ, थाइ भाट एकको खरिददर चार रुपैयाँ ३८ पैसा र बिक्रीदर चार रुपैयाँ ४० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७१ पैसा कायम गरेको छ । केन्द्रीय बैंकका अनुसार मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५ रुपैयाँ ११ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०२ पैसा र बिक्रीदर २२ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २२ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ४७ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २७  पैसा तोकिएको छ । यस्तै, आज भारतीय रूपियाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  ०७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार